सुनसरी । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङको अग्रता कायमै रहेको छ । २७ हजार ९७८ मतगणना हुँदा रास्वपाका तामाङको अग्रता कायमै भएको हो । उनले ५ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेको साथ पाएर जसपाबाट उम्मेदवारी दिएका अशोक राईले ४ हजार ७ सय ५९ मतसहित तामाङलाई पछ्याइरहेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले ४ हजार ६०४ मत पाएका छन् ।
यस्तै, एमालेबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङ्बोले ३ हजार ८ सय ९३ मत प्राप्त गर्दै चौथो स्थानमा छन् ।




















प्रतिक्रिया