Logo

खेलकुद

फिफा विश्वकप : स्विट्जरल्यान्डको विजयी सुरुवात



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ । अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुवात गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ । हारबाट विश्वकपको सुरुवात गरेको क्यामरुन पुछारमा रहेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ६ : १६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।