Logo

प्रमुख समाचार

अन्तर्घाती भन्दै कास्की कांग्रेसका पूर्वसभापति केसीको घरमा कार्यकर्ताद्वारा नाराबाजी र ढुंगामुढा



काठमाडौं । अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकर्ताले कास्कीका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका छन् । आफ्नै उम्मेदवार हराउन लागिपरेको भन्दै बिहीबार बेलुका पोखरा–१३ बाँझापाटनमा पुगेर कांग्रेसका कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

केसीमाथि कास्की–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र कास्की १ (२) मा कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ हराउन एमालेसँग मिलेको आरोप लगाइएको छ । बराल एमालेका उम्मेदवार मनबहादुर गुरुङभन्दा पछि परेपछि कांग्रेस कार्यकर्ताले केसीको घरमा पुगेर नाराबाजी गर्नुका साथै ढुंगामुढासमेत गरेका बताइएको छ।

कास्की–१ मा उम्मेदवारको आकांक्षी रहेका केसीको सट्टामा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाएपछि उनी असन्तुष्ट थिए । आफूले टिकट नपाएपछि केसीले बराललाई असहयोग गर्दै आएका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ७ : ४७ बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।