Logo

प्रमुख समाचार

ओलीले प्रचण्डसँग सहकार्यका लागि प्रस्ताव राख्नु दूरदृष्टिपूर्ण : बामदेव गौतम



काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकार्यका लागि गरेको प्रस्तावलाई लिएर खुसी व्यक्त गरेका छन् । नेकपा विभाजनपछि ओलीले आज (बिहीबार) पहिलो पटक फोन गरेर आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव राखेकोबारे प्रतिक्रिया दिँदै गौतमले खुसी व्यक्त गरेका हुन् ।

ओलीले प्रचण्डलाई सहकार्यका लागि राखेको प्रस्ताव दूरदृष्टिपूर्ण भन्दै उनले खुसी व्यक्त गरेका छन् । गौतमले भनेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु। ’

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार २०:०९   :  बजे

738
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।