काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनलाई कांग्रेसका टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
माछा चुनाव चिह्न पाएका सिंहले २० हजार १७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत पाए ।
यही क्षेत्रबाट २०७४ मा सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस सर्लाहीका पूर्वसभापतिसमेत हुन् ।




















प्रतिक्रिया