Logo

राजनीति

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बागी अमरेशकुमार सिंह विजयी



काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनलाई कांग्रेसका टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

माछा चुनाव चिह्न पाएका सिंहले २० हजार १७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत पाए ।

यही क्षेत्रबाट २०७४ मा सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस सर्लाहीका पूर्वसभापतिसमेत हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार २१:०५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।