Logo

खेलकुद

फिफा विश्वकप : उरुग्वे र दक्षिण कोरियाले बराबारी खेल्दै अंक बाँडे



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् । एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलमा उरुग्वेको दुई उत्कृष्ट प्रहार भने पोस्ट बाधक बनेको थियो । ४४ औं मिनेटमा उरुग्वेका डिएगो गोडिनको हेडर पोस्ट

मा लाग्दै फर्किएको थियो । यस्तै ९० औं मिनेटमा उरुग्वेका भाल्भर्डेको प्रहार पनि पोस्टममा लाग्दै बाहिरिएको थियो ।यस बराबरीसँगै समूह ुएचु को उरुग्वेले पहिलो खेलमा १ अंक जोडेको छ । दक्षिण कोरियाले पनि १ अंकबाट विश्वकपको सुरुवात गरेको छ । उरुग्वे शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  ९ : १० बजे