Logo

प्रमुख समाचार

दाङ-३ कोमल ओलीलाई पराजित गर्दै दीपक गिरी निर्वाचित



दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए ।

पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए । ०७४ सालमा भने उनी एमालेका हिराचन्द्र केसीसँग पराजय भएका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १० : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।