Logo

प्रमुख समाचार

स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी, मरासिनीसँग लिए विगतमा व्यहाेरेकाे हारकाे बदला



पोखरा । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन् ।

२०७४ मा व्यहोरेको हारको बदला लिँदै थापाले मरासिनीलाई ३ हजार २५५ को मतान्तरले हराएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।

योसँगै कांग्रेसले प्रतिनिधिसभामा गण्डकीबाट ९ सीट जितेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १५:३४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।