Logo

प्रमुख समाचार

जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी : ओली



गाैरादह । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

ओलीले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

ओलीले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी पनि गरे । क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उनी सिमावर्ती गौरीगञ्जसम्म पुगेका थिए ।

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ७ : ४६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।