कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् । एमालेका गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए ।
गुप्ताकाे पटक-पटककाे प्रयासपछि यसपाली बल्ल संसद्काे ढाेका खुलेकाे हाे । उनी २०४३ सालमा पञ्चायती व्यवस्था हुँदा पहिलोपटक उम्मेदवारी दिएका थिए । त्यसपछि २०५६ मा कांग्रेस, २०७० मा तमलोपा, २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।




















प्रतिक्रिया