Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई उछिनेर अघि लाग्यो माओवादी



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ आफूभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नेकपा माओवादी केन्द्रले उछिनेको छ । जारी मतगणनामा समानुपातिकतर्फ रास्वपालाई उछिनेर माओवादी केन्द्र तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको हो ।

सुरुदेखि आफूभन्दा अगाडि रहेको रास्वपालाई माओवादीले उछिनेको हो । माओवादीले ८ लाख १३ हजार ६०१ मत पाएकाे छ भने रास्वपाले ७ लाख ९७ हजार २१ मत पाएको छ ।

समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो। पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो।

समानुपातिकतर्फ १९ लाख १३ हजार ८६ मतसहित नेकपा एमाले अग्रस्थानमा कायमै छ । पछ्याइरहेकाे नेपाली कांग्रेसले १८ लाख ४१ हजार ५३१ मत पाएकाे छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १३:२२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।