Logo

राजनीति

सुनसरी–२ मा भीम आचार्यको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा झन्डै दोब्बर मतको अग्रता



काठमाडौं । सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्य निर्वाचित हुने निश्चित भएको छ । २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।

सो क्षेत्रमा हालसम्म आचार्यले ३० हजार ८९७ मत पाएका छन् भने कांग्रेसका सिताराम मेहताले २५ हजार ४०४ मत पाएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापाले १८ हजार ७८५ मत पाएका छन् ।अ

घिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किएका छन् । २०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १७:१६   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।