काठमाडौं । सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्य निर्वाचित हुने निश्चित भएको छ । २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।
सो क्षेत्रमा हालसम्म आचार्यले ३० हजार ८९७ मत पाएका छन् भने कांग्रेसका सिताराम मेहताले २५ हजार ४०४ मत पाएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापाले १८ हजार ७८५ मत पाएका छन् ।अ
घिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किएका छन् । २०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए ।




















प्रतिक्रिया