सुनसरी । सुनसरीको क्षेत्र नम्बर ४ मा जारी मतगणनामा धाँधली भएको विषय समाधान गर्न बसेको सर्वदलीय बैठकमा दुई पक्षबीच चर्काचर्की परेको छ । प्रस्पिर्धीसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धाँधली भएको आरोप लगाएपछि मतगणना स्थगित भएको छ ।
त्यसपछि बसेको सर्वदलीय बैठकमा सञ्चारमन्त्री कार्कीका र एमालेका जगदिश कुसियैतलगायत प्रतिनिधिबीच चर्काचर्की परेको हो । त्यहीबेला बाहिरबाट आएका व्यक्तिहरुले होहल्ला गरेपछि बैठक बिथोलिएको छ । विवाद बढ्दै गएपछि होहल्ला र ठेलमठेल तथा हात हालाहाल सम्मको अवस्था सृजना भएपछि सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै होहल्ला गर्नेहरुलाई बाहिर निकालेको छ ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसका उमेदवार कार्की, एमालेका कुसियैत, मुख्य निर्वाचन अधिकृत, सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित पार्टीका पदाधिकारीहरु सहभागी भएका थिए ।
होहल्ला भएर बैठक बिथोलिएपछि दुवै पार्टीका उमेदवार, प्रजिअ र मुख्य निर्वाचन अधिकृतबीच बेग्लै बैठक कोठामा छलफल चलिरहेको छ । स्थितिलाई भड्किन नदिन छलफल चलिरहेको बताइएको छ । तर, कुनै निर्णय भने हुन नसकेको बताइएको छ ।




















प्रतिक्रिया