सुनसरी । सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् । उनले ३२ हजार ८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गरे ।
आचार्य यसअघि प्रदेश नं १ को सदस्यमा निर्वाचित भइ छोटो अवधिका लागि मुख्यमन्त्रीसमेत बनेका थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा पुगे ।
एमालेका आचार्य ०६४ यता हरेक चुनावमा सुनसरीबाट निर्वाचित हुँदै आएका छन् । यसअघि संविधानसभा ०६४ र ०७० को चुनावमा तत्कालीन सुनसरी ६ बाट विजयी भएका थिए भने ०७४ मा सुनसरी १ को १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसपटक सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।




















प्रतिक्रिया