सुनसरी । सुनसरी–४ मा अनिश्चितकालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकमा विवाद हुँदा मतगणना कार्यको सहज वातावरण नभएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना रोकिएको जनाएको छ ।
सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद सुरु भएको हो । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीको छ ।
त्यसपछि निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।
- याे पनि…
सुनसरी-४ : मतगणना रोकिएपछि बसेको सर्वदलीय बैठकमा चर्काचर्की, होहल्लापछि बैठक नै बिथोलियो




















प्रतिक्रिया