Logo

प्रमुख समाचार

सुनसरी–४ : सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना अनिश्चितकालका लागि स्थगित



सुनसरी । सुनसरी–४ मा अनिश्चितकालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकमा विवाद हुँदा मतगणना कार्यको सहज वातावरण नभएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना रोकिएको जनाएको छ ।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद सुरु भएको हो । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीको छ ।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

  • याे पनि…

सुनसरी-४ : मतगणना रोकिएपछि बसेको सर्वदलीय बैठकमा चर्काचर्की, होहल्लापछि बैठक नै बिथोलियो

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २०:१८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।