Logo

प्रमुख समाचार

सुनसरी-३ मा एमालेकी भगवती चौधरी निरन्तर अघि



सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी लगातार अग्रता लिइरहेकी छन् ।

अहिलिसम्म चौधरीले २७ हजार ९ सय ७१ मत ल्याइसकेकी छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निरन्तर पछि परेका छन् । गच्छदारले २३ हजार ६ सय ६४ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार २० मत र राप्रपाका कुलदीप चौधरीले १ हजार ६ सय ४१ मत ल्याएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ०९:४८   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।