सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी लगातार अग्रता लिइरहेकी छन् ।
अहिलिसम्म चौधरीले २७ हजार ९ सय ७१ मत ल्याइसकेकी छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निरन्तर पछि परेका छन् । गच्छदारले २३ हजार ६ सय ६४ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार २० मत र राप्रपाका कुलदीप चौधरीले १ हजार ६ सय ४१ मत ल्याएका छन् ।




















प्रतिक्रिया