Logo

प्रमुख समाचार

कांग्रेसभित्रका मण्डलेहरुले अन्तर्घात गरे : झलनाथ खनाल



काठमाडौं । इलाम १ बाट प्रतिनिधिसभामा पराजित भएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले काँग्रेसका कारण आफू हार्नुपरेको बताएका छन् ।

नेता खनालले मतगणनामा धाँधली भएको भन्दै बहिष्कारसमेत गरेका थिए । ५ सय मत गायब पारेको उनको आरोप थियो ।

झन्डै ३ हजारले हरेका नेता खनालले भने, गठबन्धन घटकभित्र मण्डले र द्रव्यपिशाच प्रवृत्तिका आत्मघाती र गैरजिम्मेवार तत्वहरु हुन् । तिनले अन्तर्घात गरे ।

नेता खनाल प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । नेकपा एमालेभित्र किचलो बढ्दै गएका कारण उनी र अर्का नेता माधव नेपाल मिलेर नयाँ पार्टी खोलेका थिए ।

एकीकृत समाजवादीलाई थ्रेसहोल्ड काट्ने होइन कि भन्ने चिन्तासमेत छ ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  १० : ५५ बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।