Logo

खेलकुद

लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा



काठमाडौं । क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । स्टेडिमय ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन कासिमेरोले निर्णायक गोल गरेका हुन् ।  ब्राजिलका लागि उनले खेलको ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै समूह जी को ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।  पराजित स्विट्जरल्यान्डको दुई खेलबाट ३ अंक छ । यसै समूहका क्यामरुन र सर्बियाको दुई खेलबाट समान ३–३ अंक छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार २३:४७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।