काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले २६ लाखभन्दा बढी मतसहित अग्रस्थानमा कायमै छ । समाचार तयार पार्दासम्म ९७ लाख १६ हजार ८६२ मत गणना हुँदा सुरुवातदेखि नै अग्रता लिएको एमालेले २६ लाख २१ हजार ६२६ मत पाएको छ । २४ लाख ७८ हजार ३४१ मतसहित नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख कटाएको छ । अहिलेसम्म माओवादी केन्द्रले ११ लाख २१ हजार ७४७ मत पाएको छ । माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार ८२ हजार ७२२ मत पाएको छ । पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५६ हजार २७ मत छ भने ३ लाख ६८ हजार ४९८ मतसहित जजसपा छैटौं स्थानमा छ ।
यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । जनमतले अहिलेसम्म ३ लाख १८ हजार ३६८ मत पाएसँगै राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने थ्रेसहोल्ड कटाउन धौधौ परेको छ । नेकपा एस २ लाख ७१ हजार ५२० मतसहित आठौं स्थानमा छ ।
प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५९१, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३९ हजार ४०, नेपाल मजदुर किसान पार्टीले ७३ हजार २६२ र हाम्रो नेपाली पार्टीले ५३ हजार ३८४ मत पाएको छ । यीबाहेक अन्य पार्टीलाई ५० हजार पुर्याउर्न हम्मे परेको छ ।




















प्रतिक्रिया