काठमाडौं । सुनसरी–३ मा नेपाली कांग्रेसका विजयकुरमा गच्छादारलाई पछि पार्दै नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् ।
८४ हजार दुई सय १८ मत गणना हुँदा एमालेकी चौधरी ५ हजार तीन सय १९ मतले अघि छिन् । उनले ३७ हजार ४ सय २० मत पाउँदा कांग्रेसका गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन् ।
९२ हजार ५ सय मत खसेकोमा अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ ।




















प्रतिक्रिया