Logo

प्रमुख समाचार

स्वतन्त्र पार्टीप्रति ओलीको टिप्पणी : अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ लिएर आए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको आएको टिप्पणी गरेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चद्वारा पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तोब ताएका हुन् ।

‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन्’, उनले भने, ‘तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

ओलीलाई प्रतिनिधिसभामा पुनः निर्वाचित भएकोमा जनसांस्कृतिक मञ्चले आज (मंगलबार) स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो । कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा। भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो । मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १६:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।