Logo

राजनीति

सुनसरी–२ बाट प्रतिनिधिसभामा एमालेकी भगवती चौधरी विजयी, कांग्रेसका विजय गच्छदार पराजित



सुनसरी । सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । उनले ४० हजार ७८८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।

एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।

चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।

यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १९:२१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।