Logo

राजनीति

प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार मतगणना : एकीकृत समाजवादीकाे अझै कटेन ‘थ्रेस होल्ड’



काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार ९०७ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले पहिलो पार्टी बन्दै २६ लाख ९३ हजार ५४५ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार २६ मत, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ४७६ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ९९६ मत पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ८८ हजार ४१९ मत, जनमत पार्टीले ३ लाख ४६ हजार ९३३ मत पाएका छन् । यी दलले ३% ‘थ्रेस होल्ड’ कटाएका छन् ।

नेकपा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३१९ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४७ हजार ९०७ मत पाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ०६:४१   :  बजे

894
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।