सुनसरी । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।
१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ । दोलखाका केही केन्द्रमा भने मंसिर १५ मा मतदान हुँदैछ । बाजुरा र स्याङ्जा–२ को मतगणना भने सुरू हुन सकेको छैन ।
मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन् ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ । यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ ।




















प्रतिक्रिया