Logo

राजनीति

स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना सुरु हुने



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगको निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल र नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङबीम मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि टिकराज गुरुङल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १८:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।