Logo

समाचार

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः बैंकक उड्दै



काठमाडाैं । थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज पुनः बैंकक उड्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

“इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, जहाज आजै बैंकक उड्ने तयारीमा छ”, प्रवक्ता खड्काले भनिन् । जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  ९ : ०४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।