Logo

राजनीति

सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि बाजुरामा मतगणना सुरु हुन सकेन



धनगढी । निर्वाचन आयोगको निर्देशनपछि पनि बाजुरामा रोकिएको मतगणना पुनः सुरु हुन सकेको छैन । झडपबा कारण रोकिएको मतगणना तत्काल सुरु गर्न अयोगले बुधबार निर्देशन दिएको थियो । त्यसपछि बुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । तर सर्वदलीय बैठक नेकपा एमाले बहिस्कार गरेपछि मतगणना अन्योलमा परेको हो ।

एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी थिए । तर एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको नेपाली कांग्रेसका जिल्ला उपसभापति पदमबहादुर बडुुवालले बताए । उनका अनुसार बिहीबार बिहान ७ बजे पुुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गर्ने निर्णय भएको छ ।

एमाले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडानमा छ । एमाले नेता काँसी बिकले निर्वाचनका क्रममा भएका कमजोरी र ज्यादतीहरुको समीक्षा भएर साझा समझदारी नभएसम्म गणनाका लागि बोलाइने कुनै पनि औपचारिक बैठकमा सहभागी नहुुने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार २१:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।