Logo

खेलकुद

फ्रान्सलाई हराए पनि ट्युनिसिया बाहिरियो



एसियाली मुलुक कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा ट्युनिसियाले साविक विजेता फ्रान्ससँग लाई हराएको छ ।

बुधबार राति एजुकेसन सिटी स्टेडियममा भएको समूह चरणको तेस्रो खेलमा फ्रान्समाथि ‍ट्युनिसियाले १-० गोलको जित निकालेहो हो ।

ट्युनिसियाको जितमा वाभी खाज्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीामा सकिएको खेलको ५८औं मिनेटमा खाज्रीले गोल गरेका थिए ।

फ्रान्सलाई हराए पनि ट्युनिसिया अन्तिम १६ मा प्रवेश गर्न सकेन । फ्रान्स भने कतार विश्वकपको नकआउट चरणमा पुग्न पहिलो टिम हो । ‍

पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएर फ्रान्सले एक खेलअगाडि नै नकआउट चरण पार गरेको हो । समूह ‘डी’बाट फ्रान्सका साथै अस्ट्रेलिया नकआउट चरणमा पुग्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार २३:१२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।