काठमाडौं । स्याङजा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् । प्रदेशसभा निर्वाचन क्षत्र १ अन्तर्गतका गल्याङ ६ र ७ तथा भीरकोट ५, ६, ७, ८, ९ र वालिङ १ को गणना सकिँदा नेकपा एमलेकी उम्मेदवार पद्मा अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सयभन्दा बढी मतान्तरले अघि छन् ।
पछिल्लो मतगणनाअनुसार कांग्रेसका गुरुले ५ हजार ३१४ मत पाउँदा नेकपा एमालेका सचिवसमेत रहेकी अर्यालले ३ हजार ९८७ प्राप्त गरेकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ३८४ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्याङजा २ कुल ७० हजार १९१ मत खसेको छ ।




















प्रतिक्रिया