स्याङजा । स्याङजा क्षेत्र नं. २ को प्रदेशसभातर्फ ‘क’मा नेपाली कांग्रेसकै उम्मेदवारको अग्रता रहेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका भोजराज अर्याल १ हजार ३ सय ७६ मतान्तरले अगाडि छन् । अर्यालले ६ हजार ४ सय ७० मत प्राप्त गर्दा नेकपा (एमाले)का मोहन रेग्मीले ५ हजार ९६ ल्याएका छन् ।
प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसका धनराज गुरूङले एमालेकी पदमा अर्याललाई १७०० मतान्तरले पछाडि पार्दै अग्रता लिइरहेका छन् । रास्वपाका टिकाराज गुरूङ अर्याललाई पछ्याइरहेका छन् ।
यही मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन भइसकेको अवस्थामा दलहरूबीच मतगणना कि पुन मतदान ? भन्ने विषयमा जारी विवादबीच निर्वाचन आयोगले बुधबार मात्र मतगणना निर्णाय गरेका कारण बुधबार रातिबाट मतगणना सुरू भएको हो ।
स्याङ्जा : २ प्रतिनिधिसभातर्फ
धनराज गुरुङ (रूख) – ७५५३
पद्मा अर्याल (सूर्य) – ५४७८
टिकराज गुरुङ (घण्टी) – २२४४
कुन वार्डमा कति मत ?

प्रतिक्रिया