Logo

प्रमुख समाचार

देउवाकै नेतृत्वमा नयाँ सरकार : मन्त्री कार्की



काठमाडौं । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका उनले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र देउवा नै प्रधानमन्त्री बन्ने बताए ।

कार्कीले मतदाताले आफूमाथि विश्वास गरेकामा धन्यवाद दिए । उनले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १५:२५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।