काठमाडौं । बाजुरामा मतगणना सुरु भएको छ । बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा सहमति जुटेपछि आज (बिहीबार) दिउँसोदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।
मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्देशन दिएको थियो ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।




















प्रतिक्रिया