काठमाडौं । दोलखामा आज (बिहीबार) राति ९ बजेदेखि मतगणना हुने भएको छ । बिहीबार १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
राति प्रत्यक्षतर्फको मत गणना गर्ने र भोलिबाट भने समानुपातिकको पनि मतगणना गर्ने निर्णय भएको हो । गत मंसिर ४ गते भएको मतगणनामा बुथ कब्जामा लिएपछि त्यहाँका १० वटा केन्द्रमा पुनः मतदान गरिएको हो । पुनः निर्वाचनमा भने ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
जिल्लाको वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका९३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा आज पुनः मतदान भएको हो ।




















प्रतिक्रिया