Logo

प्रमुख समाचार

सिके राउतले प्रचण्डलाई पनि भेटे



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेटन राउत बिहीबार अपराह्न खुमलटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार राउत र उनीबीच शुभकामना आदानप्रदान हुनुका साथै सम्भावित सहकार्यबारे छलफल पनि भएको थियो । यसअघि बिहीबार नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

  • सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा र सिके राउतबीच भेट, सत्ता समीकरणबारे छलफल

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  ९ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।