Logo

प्रमुख समाचार

तत्काल काम सुरु गर्ने भन्दै भूमि आयोगले भन्यो : सुकुम्वासीको बस्ती नहटाउनू



काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका बस्तीमा हस्तक्षेप नगर्न स्थानीय तहहरुलाई निर्देशन दिएकाे छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै आयाेगले सुकुम्वासी बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरूलाई भनेकाे हाे ।

आयोगले लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन भनेको छ ।

सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अब तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ११:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।