Logo

खेलकुद

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबियाबीचको खेल नतिजा विहीन



काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय नतिजा विहीन सकिएको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजा विहीन सकिएको हो ।

खेल नतिजा विहीन बनेसँगै दुबै टोलीले १/१ अंक पाएका छन् । नेपालले दिएको १ सय ९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनाएको थियो ।

  • सम्बन्धित समाचार

आईसीसी विश्वकप लिग टु : नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार २०:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।