काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम मुलुकका लागि हितकर नभएको टिप्पणी गरेका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थापित दलहरू माथि नै प्रश्न उठ्ने किसिमको परिणाम मुलुकका लागि हितकर नभएको बताएका हुन् ।
ठूलो संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने अध्यक्ष तिमिल्सिनिाले बताए । ‘लोकतन्त्रमा दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता छ। तर जे परिणाम आएको छ के त्यो सुखद छ त ? पार्टी होइन स्वतन्त्र, स्वतन्त्र पनि पार्टी भएको छ एउटा । तर त्यसमा पार्टीभन्दा पनि स्वतन्त्र भन्ने शब्द
का कारण जनमत गएको हो कि ? जे परिणाम आएको छ यसले दलहरूको भविष्यप्रति घण्टी बजेको छ’, उनले भने ।सचेत समुदायले दलहरूलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने उनले बताए।




















प्रतिक्रिया