Logo

राजनीति

स्याङजा‍-२ मा धनराज गुरुङ जितउन्मुख, पद्मा अर्याल ६ हजार बढी मतले पछाडि



काठमाडाैं । स्याङजा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता फराकिलाे बनाएका छन् । मतगणनाकाे सुरुवाती चरणबाटै उनले लिएका अग्रतालाई उनले थप फराकिलाे बनाएका हुन् ।

पछिल्लाे मतगणनाअनुसार उनले २९ हजार ३३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२ हजार ९७९ मत ल्याएकी छन् । गठबन्धनका साझा उम्मेदवार गुरुङ एमालेकी अर्यालभन्दा ६ हजार बढी मतले अगाडि छन् ।

प्रदेशसभा २ तर्फ कांग्रेसकै महेश भट्टराईले अग्रता लिएका छन् । उनले १६ हजार ६८२ मत मत पाउँदा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४१५ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार २६७ मतकाे अन्तर छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १६:३४   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।