काठमाडाैं । स्याङजा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता फराकिलाे बनाएका छन् । मतगणनाकाे सुरुवाती चरणबाटै उनले लिएका अग्रतालाई उनले थप फराकिलाे बनाएका हुन् ।
पछिल्लाे मतगणनाअनुसार उनले २९ हजार ३३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२ हजार ९७९ मत ल्याएकी छन् । गठबन्धनका साझा उम्मेदवार गुरुङ एमालेकी अर्यालभन्दा ६ हजार बढी मतले अगाडि छन् ।
प्रदेशसभा २ तर्फ कांग्रेसकै महेश भट्टराईले अग्रता लिएका छन् । उनले १६ हजार ६८२ मत मत पाउँदा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४१५ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार २६७ मतकाे अन्तर छ ।




















प्रतिक्रिया