काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब देशभर सक्रिय संक्रमितको संख्या १०८ रहेका छ ।




















प्रतिक्रिया