काठमाडौं । आमनिर्वाचन सम्पन्न भएपछि सत्ता गठबन्धनको पहिलो बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी सोमबार दिउँसो ३ बजेका लागि अह्वान गरिएको हो ।
आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिएका हुन् ।गठ
बन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।




















प्रतिक्रिया