Logo

खेलकुद

विश्वकप : पोल्यान्डलाई ३-१ ले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा



फ्रान्स कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार भएको नकआउट चरणको खेलमा पोल्यान्डलाई ३-१ गोलले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

राजधानी दोहास्थित अल थुमाना स्टेडियममा फ्रान्सलाई जिताउन किलियन एम्बाप्पेले दुई तथा ओलिभर जिरडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

खेलको ४३औं मिनेटमा ओलिभर जिरडले गोल गरेपछि फ्रान्सले पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको थियो । यस गोलसँगै जिराउड फ्रान्सका सर्वाधिक गोलकर्ता बनेका छन् । जिराउडले फ्रान्सका लिजेन्ड थियरी हेनरीको कीर्तिमान तोडेका हुन् । उनले फ्रान्सका लागि ११७ खेलमा ५२ गोल गरेका छन् ।

खेलको ७३ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । बाँकी समय गोल नहुँदा फ्रान्सले २-० गोलको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

खेलको ९० औं मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० गोलको अग्रता दिलाए ।

इन्ज्युरी समयमा पोल्यान्डले पेनाल्टीको मौका पायो । जसमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । तर पोल्यान्ड खेलमा फर्किन सकेन र फ्रान्स ३-१ गोलले विजयी भयो ।

अब, फ्रान्सले सेमिफाइनलका लागि इंग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  १० : ५८ बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।