Logo

खेलकुद

फराकिलो जितका साथ इंग्ल्याण्ड विश्वकप क्वाटरफाइनलमा



काठमाडौं । इंग्ल्याण्ड कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न नकआउट चरणको खेलमा सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

अल बायेट रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे ।  

अब इंग्ल्याण्डले क्वाटरफाइनलमा गत विजेता फ्रान्सविरुद्ध खेल्नेछ । फ्रान्स पोल्याण्डलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । इंग्ल्याण्ड र सेनेगलले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०६:१७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।