Logo

खेलकुद

फिफा विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् । 

कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । 

जापान समूह ‘ई’ को विजेताको रूपमा र क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् । 

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ ।

विश्वकपमा ब्राजिल समूह ‘जी’ को विजेताको रूपमा र दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रूपमा अन्तिम-१६ मा आएका हुन् । 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०७:५६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।