दोलखा । दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन् ।
काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका छन् भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका छन् । काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जितेका छन् ।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।
दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् । यसपालि काफ्लेले यहाँ चुनाव जिते ।




















प्रतिक्रिया