Logo

प्रमुख समाचार

राष्ट्रपति भेट्न सञ्चारमन्त्री कार्की पुगे सितलनिवास, के विषयमा भयो कुराकानी ?



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन सितलनिवास पुगेका छन् । सञ्चारमन्त्री कार्की (आज) मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झन्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपतिले यस विषयमा चासो राखेको बताइएको छ ।

कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराएका थिए । सरकारका प्रवक्तासमेत रहेका कार्की राष्ट्रपतिलाई भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १४:१४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।